गुल्मीमा जिप दुर्घटना, तीनजनाको मृत्यु, ६ जना घाइते

काठमाडौं, फागुन ६ । गुल्मीको पराल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।

बुधबार तम्घासबाट रेसुंगा नगरपालिका १४ पराल्मी जाँदै गरेका लु१ज १९८८ नम्बरको जीप दुर्घटना हुदा रेसुंगा नगरपालिका १४ का ४८ बर्षीय एक बहादुर पोख्रेलको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीपले जनाएको छ ।

त्यस्तै पराल्मीकै ४७ बर्षीय गोमा नेपाली र २८ बर्षीय शान्ता नेपालीको उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा ज्यान गएको हो ।

दुर्घटनामा रेसुंगा नगरपालिका १४ का जिप चालक २२ बर्षीय भरत पोख्रेल, २७ बर्षीय बिर बहादुर सुर्यवंशसी, ३७ बर्षीय गोमा सामत, ६५ बर्षीय देव बहादुर नेपाली, २७ बर्षीय प्रकाश नेपाली र साढे ४ बर्षीय खुसी नेपाली घाइते भएका छन् ।

घाइतेहरूको लुम्बिनी मेडिकल प्रभास पाल्पा र गुल्मी अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्