२ खेल अगाडी नै एपीएफले जित्यो राष्ट्रिय महिला लिगको उपाधि

काठमाडौं, फागुन ५ । विभागीय टिम एपीएफ क्लबले दुई खेल अगाडी नै राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको छ ।

आज भएको पहिलो खेलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले १—१ गोलको बराबरी खेलेपछि एपीएफले उपाधि जितेको हो ।

आजको खेलमा आर्मी विजयी भएको भए एपीएफले अर्को खेलको नजिता कुर्नुपर्ने थियो ।तर खेल बराबरीमा रोकिएपछि एपीएफलाई फाइदा पुगेको हो । एपीएफले आजै विराटनगरसँग खेल्दैछ । अब एपीएफले बाँकी दुई खेल गुमाएपनि उपाधि आफ्नो बनाउनेछ ।

जारी लिगमा एपीएफ अपराजित रहने एक्लो टिम हो । दोस्रो स्थानको आर्मीले ११ खेलमा २६ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्