अपराधीलाई कारवाहीको दायरामा ल्याएको भन्दै स्थानीयले लगाइदिए डीआईजी सुवेदीसहितका प्रहरी अधिकृतलाई फूलमाला
काठमाडौं, फागनु ५ । भागरथीको बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई कानूनको कठघरामा उभ्याएको भन्दै दोगडाकेदार गाउँपालिकाका स्थानीयले प्रहरीलाई सम्मानसहित विदा गरेका छन्।
घटनाको अनुसन्धानका लागि खोचलेक प्रहरी चौकीमा रहेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी, प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुसहितका प्रहरीको स्थानीय फूलमाला सहित विदाइ गरेका हुन्।
सुवेदी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुखसमेत हुन् । घटनाको संवेदनशीलतालाई ध्यान दिँदै उनी आफैं अनुसन्धानमा खटिएका थिए ।
उनीहरुले जघन्य अपराधको घटनाका दोषीको पहिचान गरि कारवाहीको दायरामा ल्याएकोमा प्रहरी अधिकृतहरुलाई धन्यवाद समेत दिएका छन्। डीएसपी सुवेदीसहितको टोली अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय, बैतडी आएको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट फर्किने बेला बेपत्ता भएकी थिइन्।
प्रतिक्रिया दिनुहोस्