भागरथी हत्या प्रकरणः कञ्चनपुरबाट एक जना पक्राउ, प्रहरी स्रोत भन्छ- उनी नै अभियुक्त पनि हुन सक्छन्

काठमाडौं, फागुन ४ । अहिले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा प्रहरी लागी परेको छ । कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भनेर आलोचना खेपिरहेको प्रहरी प्रशासनले भागरथीको हत्यारा लगाउन भने अनुसन्धानलाई तिव्रता पारेको छ ।

विभिन्न टोली बनाएर घटना भएकै भोलीपल्ट देखि प्रहरी अनुसन्धानमा सक्रिय देखिएको हो । यसैबीच प्रहरीले एकजना संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको परिचय भने खुलाइएको छैन् । उनी नै अभियुक्त हुन सक्छन् भन्ने केही तथ्यहरु प्राप्त भएका छन्।’ प्रहरी स्रोतले भन्यो ।

पक्राउ परेका व्यक्ति घटना भएको केही दिनपछि बैतडीबाट कञ्चनपुर गएको खुलेको छ उनलाई प्रहरीले कञ्चनपुरबाट पक्राउ गरी बैतडी प्रहरीलाई बुझाएको छ। प्रहरी स्रोतका अनुसार घटनाको समयमा उनी घटनास्थलमै भएको पाइएको छ।

एनको घर नजिकै भागरथीको मोबाइलको ब्याट्री पनि फेला परेको बताएको छ । यता प्रहरीले घटनामा उनको संलग्नता पुष्टि गर्न भेजाइनल स्वाब र घटनास्थलमा भेटिएको वीर्यको डिएनए टेष्ट गर्नुपर्ने बताएको छ । टेष्टपछि मात्रै उनको संलग्नता भए÷नभएको पुष्टि हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्