वरिष्ठ अधिवक्ता कार्की भन्छन् – संविधानमा एउटा लेख्या छ, अर्को होला भन्न पाइन्न, जे लेख्या छ त्यही हेर्ने हो ।’

काठमाडौं , फागुन ४। वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रतिनिधिसभा विघटनको मुद्धामा फैसला गर्दा संविधानमा के लेखेको छ, त्यतिमात्र हेनुपर्ने बताएका छन् ।

संवैधानिक इजलासमा मंगलबारदेखि सुरु भएको एमिकस क्युरीको राय लिने क्रममा वरिष्ठ अधिवक्ता कार्कीले जसले संविधान बनाए, उनीहरु संविधान दुर्घटनामा पर्‍यो भनेर सडक आन्दोलनमा रहेको बताए ।

यस्तो स्थितिमा ५ जना (संवैधानिक इजलास)ले निर्णय गर्नुपर्ने अवस्था आएको भन्दै उनले भने, ‘निर्णय दिँदा के लेख्या छ त्यतिमात्र हेर्नुपर्छ । अन्त हेर्ने होइन । एउटा लेख्या छ अर्को होला भन्न पाइन्न । जे लेख्या छ त्यही हेर्ने हो ।’

‘व्याख्या श्रीमानहरुले गर्ने हो । ब्याख्याको पनि कानुन छ । त्यहीअनुसार मैले गरेको व्याख्या मिल्यो कि मिलेन भनेर जाँच गर्ने हो,’ उनले अघि भने, ‘विधायकी मनसाय के थियो रु त्यही अनुसार बुझ्नुपर्छ ।’

उनका अनुसार कुनै पनि देशमा संविधान लेख्दा निर्माताले सबैभन्दा पहिले सर्त कुन मोडेलको भनेर टुङ्याउनुपर्छ । ०४७ मा संवैधानिक राजतन्त्र सहितको लेख्नेमा दुविधा किनै विवाद थिएन ।

‘प्रहिलो संविधानसभामा परिवर्तनकारी भनेर जिताएर पठाइयो लेख्नुपर्ने प्रजातान्त्रिक संविधान कसरी लेख्नु,’ उनले भने, ‘दोस्रोमा पुगेर शासकीय स्वरुप निर्धारण भयो र धारा ७४ लिखियो । ७४ मा बहुलबादमा आधारित हुने गणतन्त्रात्मक संसदीय शासन पद्धति हुने भनियो । संसदीय शासन पद्धति नै भनिएको छ ।’

तर उनले घुमाउने भाषामा संसद विघटनलाई असंवैधानिक भनेका छन् । ‘संस्था रहृयो भने व्यक्तिमा भएको कमजोरी पनि सच्याउछ । जो हट्न चाहन्छ, विश्वासको संकट पर्छ भने विश्वासको मत लिन जाने हो । जसलाई हटाउन मन लाग्छ अविश्वासको प्रस्ताव ल्याउने हो’ उनले भनेका छन्, ‘संस्था अन्त्य गर्ने होइन ।’

प्रतिक्रिया दिनुहोस्