भारतको मध्यप्रदेशमा बस दुर्घटना (अपडेट): मृत्यु हुनेको संख्या ३७ पुग्यो
काठमाडौँ , फागुन ४ । भारतको मध्यप्रदेशमा बस दुर्घटना हुदा ३७ जनाको मृत्यु भएको छ ।
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार मृत्यु हुनेमा २० पुरुष, १६ महिला र एक चार बर्षको बच्चा रहेका छन् ।
स्थानीय प्रशासनले ७ जनाको जिवितै उद्धार गरेको जनाएको छ । बसमा ५४ यात्रु सवार रहेको बताइएको छ । बेपत्ताको खोजी कार्य जारी रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
मंगलबार बिहान भएको सो दुर्घटनामा बसले नियन्त्रण गुमाएपछि नहरमा खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्