ओली समूहका विद्याथीले गरे प्रचण्ड–नेपाल पक्षमाथि आक्रमण, ४ जना घाइते
काठमाडौं, फागुन ४ । प्रधानमन्त्री केपी शर्मा ओली समूहका विद्यार्थीले प्रचण्ड–नेपाल समूहका विद्यार्थीमाथि आक्रमण गरेका छन्। आरआर क्याम्पसमा ओली समूहका विद्यार्थीले उनीहरुमाथि आक्रमण गरेका हुन् ।
ओली पक्षका विद्यार्थीको आक्रमणबाट प्रचण्ड–नेपाल पक्षका चार जना घाइते भएका छन् । मंगलबार बिहान सरस्वती पूजा गरिरहेका समयमा ओली समूहका लोकेश खड्का, उज्वल खड्का लगायतले प्रचण्ड–नेपाल पक्षका विद्यार्थीमाथि आक्रमण गरेका हुन्। उनीहरुले क्याम्पस प्रांगणमै आक्रमण गरेको प्रचण्ड–नेपाल पक्षका विद्यार्थी नेताहरुले बताए।
घाइते हुनेहरुमा दिपक बस्नेत, दिलिप खड्का, विशाल रिजाल र मनिस बस्नेत रहेका छन् । घाइतेहरुको मोडेल अस्पतालमा उपचार भइरहेको छ । आक्रमण गर्ने खड्का सो क्याम्पसका ओली पक्षका युथ फोर्स अध्यक्षसमेत हुन्। – फाइल तस्बिर















प्रतिक्रिया दिनुहोस्