देउवाले यस्तो निर्णय गरेपछि पौडेलले रोके एकाएक जिल्ला सभापति भेला

काठमाडौं, फागुन ४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक डाकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले राखेको जिल्ला सभापतिहरूको भेला रोकेको छ ।

सभापति देउवाको कार्यकाल सकिन लागेको, महाधिवेशन मिति फागुन ७ गतेदेखि भने पनि उक्त समयमा महाधिवेशन नहुने निश्चित भइसकेको अवस्थामा आवश्यक रणनीति लिन र सभापति देउवालाई दवाव दिन पौडेल पक्षले जिल्ला सभापतिहरूको भेला बोलाएको थियो। भेला बुधबारका लागि बोलाएको थियो । उक्त भेला पौडेल समुहले स्थगित गरेको हो ।

सभापति देउवाले बुधबारकै लागि केन्द्रीय समिति बैठक डाकेपछि जिल्ला सभापतिहरूको भेला स्थगित गरिएको पौडेल पक्षले जनाएको छ ।पौडेल पक्ष निकट काभ्रे जिल्ला कांग्रेस सभापति मधु आचार्यले भोलिका लागि तय भएको जिल्ला सभापतिहरूको बैठक स्थगित गरिएका जनाकारी दिएका छन् ।

यता देउवाको कार्यकाल फागुन १९ मा सकिँदैछ। अब देउवाले कार्यकाल थप गर्न संविधानको साहरा लिनुपर्ने देखिएको छ । संविधानअनुसार अब देउवाले छ महिना कार्यकाल थप गर्न पाउँछन्।

केन्द्रीय समिति बैठकबाट कार्यकाल थप गर्ने र १४ औं महाधिवेशनको मिति तय गर्ने देउवाको तयारी छ।
कांग्रेसले चार वर्षमा महाधिवेशन गर्नुपर्ने भए पनि कोरोनाका कारण महाधिवेशन अनिश्चित बनेको छ।

 

प्रतिक्रिया दिनुहोस्