भारतको मध्य प्रदेशमा यात्रुवाहक बस दुर्घटना : ३५ जनाको मृत्यु
काठमाडौं, फागुन ४ । भारतको मध्य प्रदेशमा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा ३५ जनाको मृत्यु भएको छ । दुर्घटना भारतको मध्य प्रदेश राज्यको सिधी जिल्लामा मंगलबार बिहान भएको हो ।
सिधीबाट सतना गइरहेको बस मध्य प्रदेशको राजधानी भोपालबाट करिब ५ सय ६० किलोमिटर टाढा रामपुर नैकिनमा बिहान करिब साढे आठ बजे पुलबाट तल वाणसागर परियोजनाको नहरमा खसेको थियो ।
सडकमा साइड लगाउने क्रममा पुलबाट तल नहरमा खसेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बसमा ६० जना यात्रु रहेका थिए । अहिलेसम्म नहरबाट ३५ जनाको शव निकालिएको छ । नहरमा खसेका सात जना यात्रुहरु भने पौडेर बाँच्न सफल सफल भएका छन् ।
अझै पनि १८ जना हराइरहेको र तिनीहरुको खोजी कार्य रहेको जारी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यस दुर्घटनाले राज्य सरकारले आजका लागि निर्धारित सबै महत्वपूर्ण कार्यक्रमहरु रद्द गरेको छ ।
प्रतिक्रिया दिनुहोस्