प्रभु बैंकले ४ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने

काठमाडौं , फागुन ३ । प्रभु बैंकले ४ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । यसका लागि बैंकले धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये १६ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ ।

बाँकी २४ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघ–संस्थालाई बिक्री गर्नेछ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्ने बैंकले जनाएको छ ।

यस ऋणपत्रमा वार्षिक ८. ५% ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको प्रभु बैंक डिबेन्चर “२०८७” नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल मार्केटले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्