प्रचण्डको ठोकुवा – कुनै पनि हालतमा चुनाव हुँदैन, परास्त गर्नुपर्नेमा जोड

काठमाडौं, फागुन ३ । नेकपाका  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यावधि चुनाव कुनैपनि हालतमा नहुने ठोकुवा गरेका छन् । चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले यस्तो ठोकुवा गरेका हुन् ।

उनले अहिलेको अवस्थामा चुनाव गराउनु प्रतिगमन भएको उल्लेख गर्दै राम्रो दिमाख हुनेजति सबै प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरुद्धमा रहेको जिकिर गरे ।प्रतिनिधिसभा विघटन गरेकै दिनदेखि ओलीको हार भएको समेत उनले बताए ।

नेपाली जनताले लामो समयको संघर्ष बलिदान बाट प्राप्त उपलब्धि धराप परेको समेत उनले टिप्पणी गरे । अध्यक्ष दाहालले आम नेपाली जनता र राम्रो दिमाख भएका मानिस उहाँको कदमको विरुद्धमा अहिले सडकमा आएको दावी गरे ।

राष्ट्र, जनता र लोकतन्त्रको हितमा सबै मिलेर ओलीको कदमलाई परास्त गर्नुपर्नेमा उनले जोड दिए ।
अध्यक्ष दाहाल कम्युनिष्ट नेता नरबहादुर केसीको निधनमा अन्तिम श्रद्धान्जली दिन चितवन पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्