सिटिजन लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न

काठमाडौं , फागुन ३ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा सम्पन्न भएको छ । सर्वसाधरणको हितमा विभिन्न विषयहरुमा छलफल गर्दै कम्पनीको तेस्रो वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको हो ।

सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७५र०७६ को वासलात, नाफारनोक्सान हिसाब, आयव्ययहिसाब तथा नगदप्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरुसहितको वित्तीय विवरण स्वीकृत गरेको छ ।

यस्तै, आर्थिक वर्ष २०७६/०७७ को लेखा परीक्षण कार्यका लागि पुनः लेखा परीक्षक देवकी विजय एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ। साधरण सभाले सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने निर्णय समेत पारित गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्