कमल थापाले कार्यकर्तालाई भने -अदालतले विघटन सदर गरे चुनाबको तयारी गर्नुस्

काठमाडौं , फागुन ३ । राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन निर्णय सदर गरे युद्धस्तरमा चुनावको तयारीमा लाग्न नेता,कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
सोमबार हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै थापाले यस्तो निर्देशन दिएका हुन् ।

संगठन सुदृढीकरण,जनसंघर्ष र महाधिवेशनको तयारीलाई सशक्त ढंगबाट संचालन गर्नुपर्नेमा थापाले जोड दिए ।नेपाली समाज सनातन मूल्य,मान्यता,धर्म र संस्कृतीको जगमा खडा भएको बताउँदै थापाले मुलुकको स्वाधिनता जोगाउन राजा सहितको प्रजातन्त्र आबश्यक रहेको पनि चर्चां गरे ।

कोहि कसैसँग डराउन नपरेपछी भ्रष्टाचार,ब्यभिचार र मनपरितन्त्र बढेको थापाले बताए । उनले भ्रष्टाचार ,बेरोजगारी ,धर्मपरिबर्तन र सर्बसत्ताबाद अहिलेको प्रमुख समस्या भएको उनको भनाइ रहेको थियो ।

कार्यक्रममा राप्रपा नेताहरु राजाराम बर्तौला, रामहरी न्यौपाने, गुरु प्रसाद सापकोटा, इन्दिरा न्यौपाने र मिठेबहादुर कार्की लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्