आयोगलाई प्रचण्ड–नेपाल पक्षको प्रश्न : नेकपा विवाद टुङ्गो नलगाई कसरी हुन्छ चुनाव ?

काठमाण्डौ , फागुन २ । सरकारले निर्वाचन आयोगलाई निर्वाचन प्रक्रिया अगाडि बढाउन भनिसकेको छ । आयोग पनि त्यसै अनुसाको तयारीमा लागेको छ । यता नेकपा प्रचण्ड–नेपाल समूहले नेकपा विवाद हल नगरी निर्वाचनको प्रक्रियामा अघि बढ्न नमिल्ने बताएको छ ।

आचारसंहिताबारे छलफल गर्न भन्दै निर्वाचन आयोगले आइतवार बोलाएको बैठकमा प्रचण्ड–नेपाल पक्षका तर्फबाट सहभागी स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले नेकपाको विवाद समाधान नगरी निर्वाचनको प्रक्रिया अगाडि बढाउन नमिल्ने जिकिर गरेका हुन् ।

आफूहरूले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसारको दाबी सहितको पत्र निर्वाचन आयोगमा बुझाए पनि अहिलेसम्म आधिकारिकतासम्बन्धी कुनै निर्णय नआएको उनले बताए ।

आधिकारिकता दाबीका लागि ३० दिनको म्याद गुज्रिसकेको भनेर गरिएको दाबीका सम्बन्धमा पोखरेलले नेकपाको वास्तविक विवाद माघ १२ गते निर्वाचन आयोगले पत्र दिएपछिबाटै शुरू भएको बताएका छन् । नेकपा दुई समुहमा विभाजित भइसकेपछि यति बेला दुबै रसाक्सीमा लागेका छन् ।

सरकारले निर्वाचन भएरै छोड्ने दाबि गर्दे आएको छ भने नेकपाको अर्को सुमह दाहाल नेपालले कुनै पनि हालतमा नहुने ठोकुवा गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्