प्रचण्ड–माधव समूहले गर्यो चौथो चरणको आन्दोलन घोषणा, यस्ता छन् कार्यक्रम

काठमाडौं , फागुन २ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ। पार्टी कार्यालय पेरिस डाँडामा आइतबार पत्रकार सम्मेलन गर्दै दाहाल(नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

संघर्ष समितिका सह(संयोजक योगेश भट्टराईले यसअघिका आन्दोलन सफल भएको निचोडसहित अब तेस्रो चरणको आन्दोलन चर्काउने चेतावनी दिएका छन्। फागुन ५ देखि १२ गतेसम्म सबै जिल्लामा आन्दोलनका कार्यक्रम गर्ने उनले घोषणा गरे।

भट्टराईले प्रतिनिधिसभा विघटन र भ्रष्टाचारविरुद्ध फागुन ६ गते काठमाडौंको टुँडिखेल क्षेत्रमा मानव साङ्लो बनाएर विरोध गर्ने, फागुन ७ मा सबै पालिकाका वडामा विरोध प्रदर्शन, फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलमा हस्ताक्षर संकलन र ९ गते हत्या एवम् बलात्कारविरुद्ध महिलाहरुले विरोध गर्ने बताएका छन्। यसअघि प्रचण्ड-माधव समूहले गत माघ १३ देखि २८ गतेसम्म तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु गरेका थिए ।

यता प्रतिनिधिसभा विघटन पछि दुई समुहमा विभाजित भएको नेकपाका दुवै समूह जनता आफ्नो पक्षमा रहेको देखाउने होडमा लागेका छन् ।विघटन सही भएको पुष्टि गर्न ओली समूह लागेको छ भने दाहाल–नेपाल समूहले विघटन असवैधानिक भन्दै सडक संघर्षमा होमिएको छ ।

दुवै समुहले काठमाडौं लगायत देशका विभिन्न स्थानमा एक पछि अर्को सभा सम्मेलन आयोजना गर्दै आएका छन् । सरकार निर्वाचनको तयारीमा जुटिसकेको छ भने दाहाल नेपाल समुह सडकमै रहेको छ । अबको विवाद कता जाने हो केहि टुँगो छैन ।

प्रतिक्रिया दिनुहोस्