तेस्रो चरणको आन्दोलन घोषणा गर्दैं दाहाल-नेपाल समूह, थप निर्णय लिन पत्रकार सममेलन हुँदै

काठमाठौं, फागुन २ । प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको नेकपाको दाहाल नेपाल समूहले आज तेस्रो चरणको आन्दोलन घोषणा गर्दैछ ।

यसका लागि पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे पत्रकार सम्मलेन गरिने भएको छ । अबका आन्दोलनका कार्यक्रम बारे थप जानकारी दिइने जनाइएको छ । प्रतिनिधिसभा विघटन पछि दुई समुहमा विभाजित भएको नेकपाका दुवै समूह जनता आफ्नो पक्षमा रहेको देखाउने होडमा लागेका छन् ।

विघटन सही भएको पुष्टि गर्न ओली समूह लागेको छ भने दाहाल–नेपाल समूहले विघटन असवैधानिक भन्दै सडक संघर्षमा होमिएको छ । दुवै समुहले काठमाडौं लगायत देशका विभिन्न स्थानमा एक पछि अर्को सभा सम्मेलन आयोजना गर्दै आएका छन् ।

सरकार निर्वाचनको तयारीमा जुटिसकेको छ भने दाहाल नेपाल समुह सडकमै रहेको छ । अबको विवाद कता जाने हो केहि टुँगो छैन ।

प्रतिक्रिया दिनुहोस्