एकैसाथ तीन आयोजनाको शिलान्यास

काठमाडौं, १ फागुन । पाँचथरको सदरमुकाम फिदिममा आज एकैसाथ तीनवटा आयोजनाको शिलान्यास गरिएको छ । फिदिम बजारभित्र निर्माण हुन लागेको फिदिम रङ्गशाला, बजारभित्रका सडकको कालोपत्र तथा फिदिम माध्यमिक विद्यालयको १२ कोठे भवनको आज आयोजित कार्यक्रममा शिलान्यास गरिएको हो ।

सङ्घीय सरकारबाट स्वीकृत कार्यक्रमअनुसार निर्माण शुरु भएका आयोजनाको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले शिलान्यास गर्नुभयो । फिदिम बजारभित्र रहेको फिदिम खेल मैदानलाई रङ्गशालाका रूपमा विकास गर्ने कार्यको मन्त्री नेम्वाङले शिलान्यास गर्नुभयो ।

राष्ट्रिय खेलकूद परिषद्का इञ्जिनीयर राजेश श्रेष्ठका अनुसार रु १५ लाख ६६ हजार कूल लागत रहेको रङ्गशाला निर्माणको ठेक्का पिएस–किरातेश्वर–मैनाचुली जेभीले रु। १० करोड ६३ लाख ७५ हजारमा लिएको हो । गत माघ २५ गते भएको सम्झौताअनुसार रङ्गशाला आगामी १७ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । रङ्गशालामा प्यारापिट ब्लक, प्रशासकीय भवन, ९३ मिटरमा व्यावसायिक सटर र  शौचालयसमेत निर्माण हुनेछ । रङ्गशाला शिलान्यास कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकूद परिषद् सदस्य एवं नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्काले नेपाली झण्डा विश्वमा फहराउने कार्यका लागि यो शिलान्यास उद्गम कार्य भएको बताउनुभयो । उहाँले खेलकूद क्षेत्रमा सरकारी लगानी अझै बढ्नुपर्नेमा जोड दिनुभयो ।

 

यस्तै फिदिममा नयाँ शहर आयोजना कार्यालयबाट बजारभित्रका मुख्य सडकको कालोपत्र गर्ने कार्यको शिलान्यास गरिएको हो । सो कार्यालयबाट सञ्चालन हुने योजनाअनुसार रु चार करोड १८ लाख कूल लागतमा फिदिम बजारभित्रका मुख्य सडकहरुको कालोपत्र तथा स्तरोन्नति हुन लागेको हो । आगामी छ महिनाभित्र बजारभित्रका मुख्य सडकको कालोपत्रको ठेक्का रु तीन करोड पाँच लाख ८६ हजारमा भइसकेको नयाँ शहर आयोजना कार्यालयका प्रमुख विश्वराम प्रजापतिले जानकारी दिनुभयो ।

यस्तै झण्डै दुई हजार २०० विद्यार्थी अध्ययनरत फिदिम माध्यमिक विद्यालयमा अत्याधुनिक १२ कोठे भवन निर्माण कार्यको शिलान्यास गरिएको हो । रु ती करोड पाँच लाख कूल लागत रहेको भवन निर्माणको ठेक्का अधिकारी–खनाल जेभीले रु दुई करोड तीन लाखमा प्राप्त गरेको हो । नमूना विद्यालय निर्माण कार्यक्रमअन्तर्गत यस विद्यालयमा सूचना सञ्चार–प्रविधि प्रयोगशालासहितका संरचना निर्माण भइरहेको विद्यालयका प्रधानाध्यापक विनोदकुमार ठाकुरले जानकारी दिनुभयो । सो भवन एक वर्षभित्र निर्माण पूरा गर्ने सम्झौता भएको निर्माण कम्पनीका प्रतिनिधि दिननाथ अघिकारीले बताउनुभयो ।

 

तीनवटै आयोजनाको शिलान्यास समारोहमा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङले पूर्वाधार विकास र जनतालाई सहज सेवा दिने कार्य कुनै पनि बाहनामा रोकिन नहुने बताउनुभयो । फिदिम खेल मैदानलाई रङ्गशालाका रूपमा विकास गर्ने कार्य आफ्नो ‘ड्रिम प्रोजेक्ट’ रहेको बताउँदै मन्त्री नेम्वाङले आफैँले रङ्गशालाको शिलान्यास गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले पूर्वाधार निर्माण कार्यलाई घोषित निर्वाचनले कुनै असर नगर्ने बताउनुभयो ।

 

सबै आयोजना समयमै निर्माण सम्पन्न गर्न आग्रह गर्दै मन्त्री नेम्वाङले विकास निर्माणको अभियानबाट कोही बिचलित हुन वा आत्तिन नहुने बताउनुभयो । “पूर्वाधार विकासको गति अगाडि बढ्दा केही मान्छेलाई छटपटी भएको छ”, मन्त्री नेम्वाङले भन्नुभयो, “जनता खुशी भएपछि नेता कार्यकर्ता पनि दलीय सोचबाट माथि उठेर खुशी हुनुपर्छ ।”

–––००००००००००००००००

श्रीमान्को हत्या, श्रीमती गम्भिर

काठमाडौं, १ फागुन । जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाट शिवालय टोलमा आज बिहान एक पुरुषको घरमा नै हत्या भएको छ भने उनकी श्रीमतीको अवस्था पनि गम्भीर छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार यसरी हत्याको आशङ्कामा मृत भेटिएका पुरुष गाईघाट शिवालय टोलका ६६ वर्षीय वीरेन्द्र राई रहेका छन् ।

 

घरको माथिल्लो तलाको कोठामा राई मृत फेला परेका र उनको शरीरभरि विभिन्न स्थानमा निलडाम र चोट रहेको प्रहरी उपरीक्षक ९एसपी० भीमप्रसाद दाहालले बताउनुभयो । यस्तै मृतककी श्रीमती ५४ वर्षीय रीता राईको पनि मुखमा विष दलिएको र बेहोस अवस्थामा घर नजिकै बारीमा फेला परेपछि अहिले तत्काल उपचारका लागि विराटनगर पठाइएको प्रहरी प्रमुख दाहालले जानकारी दिनुुभयो ।

 

प्रहरीका अनुसार राईलाई केही व्यक्तिहरुका समूहले आएर राति नै हत्या गरेको हुनसक्ने र निजकी श्रीमतीलाई पनि विष खुवाएर बेहोस बनाई बारीमा फालेर छाडेको हुनसक्ने प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धानबाट अनुमान गरेको छ । केही व्यक्तिहरुसँग निजकी श्रीमतीको झगडा परेको र कुटपिटसमेत भएको भन्ने छिमेकीको सूचनाका आधारमा प्रहरी आज बिहानै राईको घरमा पुगेको थियो । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ ।ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

जनयुद्धको योगदानलाई भुल्न हुँदैन – गृहमन्त्री थापा

काठमाडौं, १ फागुन । गृहमन्त्री रामबहादुर थापाले जनयुद्ध नेपालमा गणतन्त्र स्थापनाको ठूलो पाठशाला भएको बताउनुभएको छ । जनयुद्धको आधारमा टेकेर नै मुलुकमा गणतन्त्र स्थापना भएको जिकिर गर्दै उहाँले नेपालको जनक्रान्ति र गणतन्त्र स्थापनाका लागि जनयुद्धको महत्वपूर्ण योगदानलाई भुल्न नहुनेमा जोड दिनुभयो ।

 

राजधानीमा २६औँ जनयुद्ध दिवसका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घ केन्द्रीय समितिद्वारा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले जनतालाई जागरण दिन सफल अभियानका रूपमा जनयुद्धलाई लिनुपर्ने उल्लेख गर्नुभयो ।

 

गृहमन्त्री थापाले भन्नुभयो, “जनयुद्ध उत्पादनकर्ता पनि थियो, यसले लाखौँ युवालाई क्रान्तिका निम्ति तयार पा¥यो, यो एउटा ठूलो पाठशाला थियो, जसले देशलाई नेतृत्व गर्ने नेता कार्यकर्ता उत्पादन ग¥यो ।” जनयुद्धलाई एकतर्फबाट मात्रै बुझन् नहुनेमा जोड दिँदै उहाँले विभिन्न कोणबाट बुझन्पर्ने सुझाव दिनुभयो । उहाँले नेपालको जनक्रान्तिमा निर्णायक भूमिका जनयुद्धको रहेको तर त्यसअघिका धेरै जनवादी क्रान्ति असफल भएको जिकिर गर्नुभयो ।

 

विसं २००७ मा नेपाली काँग्रेसको नेतृत्वमा सशस्त्र आन्दोलन गरेर राणा शासनलाई विस्थापित गरेको भए पनि जनवादी क्रान्तिलाई पूर्णता दिन नसकेको र पछि धेरै वामपन्थी शक्तिले गरेको प्रयास पनि असफल भएको मन्त्री थापाले बताउनुभयो । उहाँले तत्कालीन राजनीतिक दलले जनआन्दोलनबाट नै लोकतान्त्रिक क्रान्ति पूरा गर्न सकिन्छ भनेर विसं २०३६ र २०४६ मा  गरेको प्रयाससमेत सफल हुन नसकेको जिकिर गर्नुभयो । ती आन्दोलनको उपलब्धि भने भएको उहाँको विचार थियो ।

 

विसं २०४६ को आन्दोलनपश्चात गणतन्त्र स्थापनाका लागि ठूलो बहस भएसँगै नेकपा माओवादी सङ्गठनको जन्म भएको र त्यसले जनवादी विचारलाई प्रयोगतर्फ लगेको उहाँले बताउनुभयो । त्यसपछि वर्गसङ्घर्षको निष्कर्षका साथ विसं २०५२  फागुन १ गते सशस्त्र सङ्घर्ष शुरु गरेको उहाँले जानकारी दिनुभयो ।

 

शान्तिपूर्ण र सङ्घर्षात्मक रूपलाई संयोजन गरेर आन्दोलन शुरु भएको र त्यसैको प्रतिफल विसं २०६२÷६३  का आन्दोलनले गणतन्त्र ल्याएको उहाँले बताउनुभयो । उहाँले जनयुद्धका नाममा प्राण आहुति दिने शहीदप्रति श्रद्धाञ्जलि र बेपत्ताप्रति सम्मान प्रदान गर्दै घाइते तथा अपाङ्गता भएकाको स्वास्थ्यलाभको कामना गर्नुभयो ।

 

हिजोबाट परिस्थिति फरक भएको र समाजवादी क्रान्तितर्फ मुलुक अघि बढेको उल्लेख गर्दै मन्त्री थापाले त्यसको नेतृत्व जनताले राजनीतिक नेतालाई दिएको बताउनुभयो । अब समाजवादी क्रान्तिका लागि सशस्त्र स्वरुपको अभ्यास गर्नु जरुरी नरहेकाले शान्तिपूर्ण तवरबाट समाजवादी क्रान्ति अघि बढाउनु जरुरी रहेको बताउनुभयो । उहाँले यसमा प्रतिक्रियावादी वर्गले प्रतिरोध गर्नैतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्