महिला हिंसाविरुद्ध काठमाडौंमा प्रतिकात्मक शव र मलामीसहितको मार्चपास

काठमाडौं, माघ ३० । पछिल्लो समय नेपालमा महिलामाथि हिंसा र विभेदविरूद्धका घटना बढिरहेका छन् । दिनहुँ महिला एवं बालिकाहरू असुरक्षित भइरहेका छन् र त यसरी अपराधीको शिकार हुन परेको छ, महिला र बालबालिकाले , यस्तो भइरहँदा पनि सरकारले उनीहरूलाई न्याय दिन सकेको छैन् । यसरी सकरारले पिडितलाई न्याय दिन नसकेको भन्दै सरकारको विरोध भइरहेको छ ।

यसैबीच मुलुकका विभिन्न ठाउँमा भएको महिला हिंसा एवं प्रतिगमनको विरुद्धमा आज काठमाडौंमा महिला मार्च गरिएको छ ।बृहत नागरिक आन्दोलनको अगुवाईमा महिला मार्च भएको हो। विरोध ¥यालीमा सरकारले महिला हिंसा रोक्न नसकेको, बलात्कार र हत्याका घटनाहरू नरोकिएको भन्दै आक्रोश पोखिएको छ ।

‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ नामको ब्यानरमा प्रदर्शनमा उत्रिएका उनीहरूले महिला हिंसा बन्द गर्न, बलात्कारीलाई सजाय दिन र हत्यारा पहिचान गरी कारबाही गर्न माग गरेका छन् ।
विरोध प्रदर्शनका क्रममा हरेक दिन प्रतिगमन भएको भन्दै हिंसा र प्रतिगमन रोक्न माग गरेका छन् । कार्यक्रममा जनता समाजवादी पार्टीकी नेतृ एवं पूर्वमन्त्री हिसिला यमी, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी लगायत सहभागी थिए ।

मार्चमा सहभागीहरूले प्रतिकात्मक रूपमा शवयात्रा गरेका छन् । जसमा एकोहोरो शंख बजाउँदै प्रतिगमनको विरोध गरिएको थियो । टाउकोमा सेतो कपडा बेरेर सेतो धोती लगाएका केही युवाहरूले प्रतिकात्मक शवलाई बोकेर शवयात्रा गरेका थिए ।

आन्दोलनकारीले बलात्कारपछि हत्या गरिएका कञ्चनपुरकी निर्मला पन्त, बैतडीकी भागरथी भट्ट लगायतलाई न्यायको माग गरेका छन् ।उनीहरूले दिनहुँ महिला एवं बालिकाहरू असुरक्षित रहँदा पनि सरकारले उनीहरूलाई न्याय दिन नसकेको भन्दै उनीहरूले आक्रोश पोखेका छन्

जुलुसमा बलात्कारी खुलेआम, बलात्कृत गुमनामु, बलात्कारीलाई कारबाही गरु लगायत नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्