आगामी शैक्षिक सत्र असारबाट सुरू गर्ने सरकारको तयारी
काठमाडौँ, माघ ३० । सरकारले आगामी शैक्षिक सत्र असारबाट सुरु गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्रलाई असार महिनाबाट सुरू गर्ने तयारी गरिरहेको छ ।
शिक्षा नियमावली संसोधन गरेर बजेटमा छाप्न पठाइ सकिएको शिक्षा मन्त्रालय स्रोत ले जनाएको छ ।
अबको एक हप्तापछि संसोधित नियमावली छापिएर आएपछि कोरोना जस्ता महामारीमा नेपाल सरकारले शैक्षिक सत्रलाई कसरी र कहिलेबाट सुरू गर्ने भन्ने कुराको उल्लेख हुने शिक्षा मन्त्रालयका एक कर्मचारीले बताएका छन् ।
आगामी शैक्षिक सत्रालाई असारबाट सुरू गर्नेगरी शिक्षा मन्त्रालयले तयारी गरिरहेको ती कर्मचारीको भनाइरहको छ । शिक्षा मन्त्रालयले शैक्षिक सत्रलाई आगामी असारबाट सुरू गर्ने तयारी गरेसँगै यो वर्षको शैक्षिक सत्र लम्बिने पक्कमा भएको छ ।
कोभिड–१९ का कारण अस्तव्यस्त बनेको शिक्षा क्षेत्रले कोरोना संक्रमण न्यून भएसँगै पुरानै लय समात्ने मन्त्रालयको विश्वास छ ।
यसैबीच सरकारले आगामी असारबाट नयाँ शैक्षिक सत्र सुरू गरे यस वर्षको एसईई परीक्षा आगमी जेठ महीनामा हुने राष्ट्रिय परीक्षा बोर्डका ९माध्यामिक शिक्षा० परीक्षा नियन्त्रक रामराज खकुरेलले बताएका छन् ।
परीक्षाको लागि प्रश्नपत्र छाप्ने, परीक्षा केन्द्र तोक्ने लगायत विभिन्न काम गर्नको लागि कम्तिमा पनि तीन महीना लाग्ने भएका कारण एसईई आगामी वर्षको जेठ सम्ममा हुने उनको भनाइ छ ।















प्रतिक्रिया दिनुहोस्