ट्रिपरको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

काठमाडौं, माघ ३० । संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा बेसीमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ भने एक गम्भीर एक घाइते भएका छन् ।

मृत्यु हुनेमा मकालु गाउँपालिका–३ हेदाङ्नागढी घर भएका ४२ वर्षीय खड्गबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक सन्तोष बुढाथोकीले जानकारी दिए । ट्रिपरको ठक्करबाट मृतककी श्रीमती प्रेमकुमारी राई गम्भीर घाइते भएकी छन् ।

प्रहरी निरिक्षक सन्तोष बुढाथोकीका अनुसार कामको सिलसिला घरबाट नुमबजारतर्फ आउने क्रममा अरुण तेस्रो जलविद्युत्त आयोजनाको ड्यामस्थल नजिकै नुमबजार भन्दा केही तल तिर फ्याक्सिन्दा बेसीमा भारतको बिहार प्रदेशका ७६१० नम्बरको ट्रिपरले उनीहरु सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।

जिल्लामा निर्माणधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत्त आयोजनामा कार्यरत ट्रिपर चालक सुबास चौलागाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रेमकुमारीको नुमबजार स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि थप उपचारका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्