सुनको मुल्यमा गिरावट, आज कति पुग्यो तोलाको ?

काठमाडौँ , माघ ३० । शुक्रबार सुनको मुल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ६ सयले घटेर ९० हजार ९ सयमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार छापावाला सुन तोलाको ९१ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९० हजार ४ सय रहेको छ ।

त्यसैगरी आज चाँदी भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १३ सय २० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्