प्रहरीले गर्यो रामकुमारी झाँक्रीलाई रिहा

काठमाडौँ , माघ २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षकी केन्द्रीय सदस्य एवं नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ ।

झाँक्रीलाई प्रहरीले पक्राउ गरेको करिब साढे ५ घण्टापछि रिहा गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी बारे दिएको अभिव्यक्ति बारे बयान लिएपछि प्रहरीले उनलाई कागज गरेर छोडेको हो ।

झाँक्रीको पक्राउ पछि सरकारको चौतर्फी आलोचना भइरहेका बेला प्रचण्ड(नेपाल पक्षका युवा तथा विद्यार्थीहरुले नयाँ बानेश्वर र माइतीघरमा प्रदर्शन समेत गरेका छन् ।

झाँक्रीलाई उनकै संखमुलस्थित निवासबाट पक्राउ गरेर महानगरीय अपराध महाशाखा मिनभवनमा राखिएको थियो ।

प्रहरीले झाँक्रीलाई राज्यविरुद्धको कसुरको दफा ५८ अनुसार पक्राउ गरेको हो । झाँक्रीलाई पक्राउ गर्नुअघि प्रहरीले राज्यविरुद्धको कसुरको दफा ५८ अनुसारको पक्राउ पुर्जी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्