झाँक्री पक्राउको विरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट
काठमाडौं, माघ २९ । नेपाल कम्युनिष्ट पार्टी(दाहाल–नेपाल समूह)की नेतृ रामकुमारी झाँक्रीको पक्राउ विरुद्ध सर्वोच्च अदालतम बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ ।
बिहीबार अपराध महाशाखाको टोलीले राज्यविरुद्धको कसुरमा नेतृ झाँक्रीलाई पक्राउ गरेको थियो । उनी पक्राउ परेको केही घण्टामै सर्वोच्च अदालतम बन्दी प्रत्यक्षीकरणको रिट परेको हो । बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको २४ घण्टाभित्र पक्राउ गरिएको व्यक्तिलाई अदालतमा उपस्थित गराउनु पर्छ ।
झाँक्रीलाई राज्यविरुद्धको कसुरको दफा ५८ अनुसार पक्राउ गरिएको प्रहरीले बताएको छ । प्रहरीले झाँक्रीलाई बिहीबार बिहान शंखमुलस्थित उनकै घरबाट पक्राउ गरी अपराध महाशाखा बानेश्वरमा राखेको छ ।
नेकपाले केहि दिनअघि गोरखामा आयोजना गरेको जनसभालाई सम्वोधन गर्दा नेतृ झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन गरेको आरोप लगाइएको छ ।
सोही विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको दबावमा प्रहरीले नेतृ झाँक्रीलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्