झाँक्रीलाई तत्काल रिहाई गरियोस्, अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित नगरियोस् : कमल थापा

काठमाडौं, माघ २९ । रामकुमारी झाँक्रीलाई गरेपछि चर्को विरोध गरेको छ । नेपाली काँग्रेस ,राप्रपा र दाहाल नेपाल समुल लगाएतले विरोध गरिरहेका छन् ।

उनीहरुले रिहाइको माग गर्दै विरोध गरेका हुन् । यसैबीच राप्रपा अध्यक्ष कमल थापाले रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेका छन् । उनले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित नगर्न पनि आग्रह गरेका छन् ।

‘रामकुमारी झाँक्रीलाई तत्काल रिहाई गरियोस्। अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित नगरियोस्’, थापाले ट्वीटरमा भनेका छन् ।

राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिएको आरोपमा बिहीबार प्रहरीले झाँक्रीलाई पक्राउ गरेको थियो । अहिले उनी प्रहरी नियन्त्रमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्