झाँक्रीलाई रिहाइ नगरे देशव्यापी आन्दोलन गर्ने युवा संघको चेतावनी

काठमाडौं , माघ २९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाक्री यति बेला प्रहरी नियन्त्रणमा छिन् ।

उनलाई प्रहरीले आज उनकै निवास नयाँ बानेश्वरबाट पक्राउ नियन्त्रणमा लिएको हो । उनलाई पक्रा गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले चर्को विरोध गरेको छ ।

यो समुहलृे विज्ञप्ति सार्वजनिक गर्दै झाँक्री पक्राउ परेकोप्रति आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेको छ ।विज्ञप्तिमा झाँक्रीको गिरफ्तारिले आश्चर्यचकित पारेकोर यो शैलीले अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाएको भन्दै आपत्ति जनाएको छ ।

यता नेकपाको प्रचण्ड-नेपाल निकट राष्ट्रिय युवा संघ नेपालले नेतृझाँक्रीको विनासर्त रिहाइ नगरे देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी दिएको छ ।युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशीखा’ले विज्ञप्ति जारी गर्दै सरकारलाई यस्तो चेतावनी दिएका हुन् ।

‘कमरेड रामकुमारी झाँक्रीको गिरफ्तारी निरंकुश काम चलाउ सरकारको हतास मानसिकताको उपज हो । झाँक्रीलाई विनासर्त तत्काल रिहाइ नगरे राष्ट्रिय युवा संघ नेपालले देशव्यापी रुपमा विरोधको आँधी वेहरी सिर्जना गर्ने चेतावनी समेत दिन चाहान्छौ’, युवासंघले विज्ञप्तिमार्फत भनेको छ । साथै उक्त आन्दोलनबाट हुने सवै क्षतिको जिम्मेवार सरकार स्वयं हुनुपर्ने युवासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्