इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ सेयर बजारमा सूचीकृत

काठमाडौं, माघ २९ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ सेयर बजारमा सूचीकृत भएको छ।

कम्पनीको २० करोड कित्ता साधारण सेयर बजारमा सूचीकृत भएको हो। यो कम्पनीको सूचीकृत सेयर संख्या सबैभन्दा धेरै हो।

नेप्से र सो कम्पनीबीच सम्झौता भएको दोस्रो दिनबाट बजारमा सेयर कारोबार हुनेछ। इन्फ्रास्ट्रक्चर बैंकको आरटिजिएसको जिम्मा ग्लोबल आइएमई क्यापिटलले लिएको छ ।

बैंकको पहिलो कारोबार मूल्य ११३ रुपैयाँ ६२ पैसादेखि ३४० रुपैयाँ ८६ पैसासम्म तोकिएको छ।

आइपिओ भर्नेजति सबैले ५० वा ६० कित्ता सेयर पाएका छन्।

प्रतिक्रिया दिनुहोस्