झाँक्रीलाई पक्राउ गरिएकोप्रति कांग्रेसको पनि विरोध, विना शर्त रिहा गर्न माग

काठमाडौं, माघ २९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिष्ट पार्टी(दाहाल–नेपाल पक्ष) की नेतृ रामकुमारी झाँक्री विना शर्त रिहा गर्न माग गरेका छन् ।

झाँक्री पक्राउ परेपछि ट्वीट गर्दै वरिष्ठ नेता पौडेलले सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर अधिनायकवादी चरित्र उदाङ्गो पारेको टिप्पणी गरे ।

उनले सरकारले संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि नाङ्गो हस्तक्षेप गरेको बताए ।

उनले लेखेका छन्,- ‘सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको छ । संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि नाङ्गो हस्तक्षेप गरेको छ । त्यसैले रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको घटनाको म घोर भत्र्सना गर्दछु, विना शर्त रिहा गरियोस् ! ’

राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै महानगरीय अपराध महाशाखाले झाँक्रीलाई राज्य विरुद्धको कसूर गरेको आरोपमा पक्राउ गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्