प्रहरी नियन्त्रणमा रहेकी झाँक्रीले भनिन् – यो अन्तिम लडाई हो, सबै जना आफ्नो ठाउँमा डटौं

काठमाडौं, माघ २९ । प्रहरीले पक्राउ गरी अपराध महाशाखा बानेश्वरमा लगिएपछि नेकपा नेतृ रामकुमारी झाँक्रीले अन्तिम लडाई सुरु भएको भन्दै सबैजना आफ्नो ठाउँमा डटेर लड्न आग्रह गरेकी छन्।

प्रहरीले उनलाई राज्यविरुद्ध कसुर गरेको आरोपमा शंखमुलस्थित उनको निवासबाटै पक्राउ गरी अपराध महाशाखा लगेको हो ।

उनले आफूलाई राज्यविरूद्धको कसुर अन्तर्गत पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको र अहिले अपराध अनुसन्धान मिनभवनमा रहेको जानकारी दिएकी छन्।‘सबै साथिहरूले धैर्य गर्नुहोला, यो अन्तिम लडाई हो, आफ्नो ठाउँमा डटौं,’ उनले सामाजिक सञ्जालमार्फत् आह्वान गरेकी छन्। साथै उनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको अन्त्यको बेला आएको बताएकी छन्।

आफूलाई पक्राउ गर्न शंखमुलस्थित घरमै अपराध महाशाखाको टोली आइपुगेपछि उनले पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि कडा टिप्पणी गरिन्

झाँक्रीलाई राज्यविरुद्धको कसुरको दफा ५८ अनुसार पक्राउ पुर्जी थमाइएको प्रहरीले जनाएको छ।  झाँक्रीले केहि दिनपहिले गोरखामा भाषण गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै सो आरोप लगाइएको हो।

प्रतिक्रिया दिनुहोस्