रामकुमारी झाँक्रीलाई ओलीको ठाडो आदेशमा पक्राउ गरियो: अध्यक्ष प्रचण्ड
काठमाडौं, माघ २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा आफ्नो पार्टीकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित एक कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन. । उनले रामकुमारीको पक्राउ लोकतन्त्रमाथिको हमला भएको उनले बताए । ‘रामकुमारीले लोकतन्त्रप्रति प्रखर रुपमा बोल्नु भयो भनेर पक्राउ गरियो । यो लोकतन्त्र माथिको आक्रमण हो’, प्रचण्डले भने ।
आफूहरुले रामकुमारीलाई पक्राउ नगर्न आग्रह गर्दा पनि ठाडो आदेशमा पक्राउ गरिएको प्रचण्डले जानकारी दिएका छन् । झाँक्रीको पक्राउबारे पार्टीले निर्णय गर्ने उनले जानकारी दिएका छन् ।
राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले झाँक्रीलाई उनको घरबाटै पक्राउ गरेको हो । झाँक्रीले गोरखा जनसभामा दिएको अभिव्यक्तिले राष्ट्रपतिलाई अपमानित गरेको आरोप लगाइएको छ ।















प्रतिक्रिया दिनुहोस्