रामकुमारी झाँक्रीको रिहाइ माग गर्दै प्रदर्शन, देशलाई मुठभेडमा लगेर आफ्नो निहित स्वार्थपूर्ति गर्ने षड्यन्त्र भएको टिप्पणी
काठमाडौं, माघ २९ । सरकारले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । पक्राउ परेसँगै रिहाइको माग गर्दै पर्दशन गर्न सुरु भएको छ । राज्यविरुद्धको कसुरमा पक्राउ परेकी रामकुमारी झाँक्रीको रिहाइको माग राख्दै प्रदर्शन सुरु भएको छ । बानेश्वरको मीनभवन अगाडि विद्यार्थीहरुले प्रदर्शन सुरु गरेका हुन् ।
अखिलका पूर्वअध्यक्ष एवम् नेकपा प्रचण्ड–माधव समूहकी नेतृ झाँक्रीलाई बानेश्वरस्थित घरबाटै पक्राउ गरिएको छ । पक्राउ अगाडि पनि नेकपाका कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए । तत्काल रिहाइको माग गर्दै प्रदर्शन गरिएको अखिलका नेता सुदेश पराजुलीले बताए ।
यता नेकपाका नेताहरुले पनि रिहाइको माग गरेका छन् । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्माले नेकपा नेतृ रामकुमारी झाँक्रीको पक्राउको विरोध गरेका छन्।
प्रहरीले बिहीबार दिउँसो झाँक्रीलाई निवासबाटै पक्राउ गरेपछि नेता शर्माले उनको पक्राउ स्वतन्त्रताको हनन् मात्र नभएर देशलाई मुठभेडमा लगेर आफ्नो निहित स्वार्थपूर्ति गर्ने षड्यन्त्र भएको बताएका छन्।
‘रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र होइन, देशलाई मुठभेडमा लगेर आफ्नो निहित स्वार्थपूर्ति गर्ने षड्यन्त्र हो’, नेता शर्माले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।
राष्ट्रिपति र प्रधानमन्त्री विरुद्ध अमर्यादित अभिव्यत्तिः दिएको भन्दै झाँक्रीलाई प्रहरीले राज्यविरुद्धको कसुमा पक्राउ गरेपछि अहिले नेकपाका नेता कार्यकर्ता त्यसको विरोधमा उत्रिएका छन्।















प्रतिक्रिया दिनुहोस्