झाँक्रीलाई पक्राउ गर्न प्रहरी निवासमा, पक्राउ पूर्जी लिएर आउनुस्: नेता झाँक्री

काठमाडौं, २९ माघ । काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई नियन्त्रणमा लिने हो भने पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी छन् ।

उनले भने, ‘राजनीतिक मुद्दा हो । सडकमा लडिरहेका छौं, प्रतिवाद गर्छौं,’ उनले निवासमा पत्रकारहरुसँग कुरा गर्दै भनिन्, ‘पक्राउ पूर्जी लिएर आउनुस् भनेको छु ।’
नेकपाको प्रचण्ड (नेपाल समूहकी नेता एवं विघटित प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवास पुगेको थियो ।
उनलाई पक्रिन सादा पोशाकका प्रहरी उनको निवास शंखमुल पुगेका हो । यसअघि प्रहरीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिबारे सोधपुछ गर्न सांसद झाँक्रीलाई बयानको लागि बोलाएको थियो।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले राष्ट्रपति जस्तो सम्मानित संस्थाविरूद्ध अनर्गल प्रचार गर्ने काम गरेकाले उनलाई सोधपुछका लागि बोलाइएको बताएका थिए।

सुरूमा प्रहरी कार्यालय बोलाएको भने पनि अहिले सादा पोशाकमा प्रहरी उनको निवासमै पुगेका हुन्।

यसअघि झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गरेको भन्दै आलोचना गरेकी थिइन्।

उनले भनेकी थिइन्( राष्ट्रपतिका कुरा त के गर्नु र १ बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ । बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शीतल निवासको कारगेट छाडेर कोटेश्वर फर्किए हुन्छ। चाबहिल हो कि कता घर छ रे। त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ।

मदन भण्डारीको हत्यापछि तत्कालीन एमालेले २०५० सालमा विद्यादेवी भण्डारीलाई चुनाव लडाउनु भुल भएकासोत झाक्रीले बोलेका थिए ।
ुमदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरू गरेको थियो, जे गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी ,’ उनले भनेकी थिइन्।

झाँक्रीको यो अभिव्यक्ति आएपछि नेकपाको ओली समूहले तीव्र आलोचना गरेको थियो। झाँक्रीलाई कारबाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको थियो।

झाँक्रीले भने आफ्नो भनाइ महिला अस्मितासँग नजोडिने बताउँदै आएकी छन्।

बुधबार राजधानीमा आयोजित प्रचण्ड(नेपाल समूहको आमसभामा पनि उनले आफूविरूद्ध लगाइएको आरोपको विरोध गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्