ओलीलाई घेर्न १० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्न आउन नपरोस् : प्रचण्ड

काठमाडौं, माघ २८ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीलाई घेर्न १० लाख जनता लिएर आउन नपरोस भन्दै संवैधानिक निकायले स्वतन्त्र र निष्पक्ष ढंगले काम गरुन् भन्ने चाहेको बताएका छन्।

प्रचण्डले बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले भने ‘हामीले अरु केही चाहेको हैन, हाम्रा सम्मानित् संवैधानिक निकायहरुलाई स्वतन्त्र र निष्पक्ष ढंगले कसैको डर त्रास नमानी र जनभावनाअनुरुप निर्णय गरुन् भन्ने हो,’, ‘त्यसैगरी ओलीजीलाई के भनौं भने फेरि १० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्न आउन नपरोस्।’

केपी ओलीले चुनावी नौटंकी गरिरहेको बताउँदै त्यसको भ्रममा कोहि पनि नपर्न उनले सुझाव दिए ।

साथै प्रचण्डले निर्वाचन आयोगको लक्षण गतिलो नभएको पनि बताएका छन् ।सभालाई सम्बोधन अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले थकाएपछि निर्वाचन आयोगले गतिलो लक्षण नदेखाएको बताएका हुन्।

उनले ७० प्रतिशत केन्द्रीय सदस्यलाई हिसाब नरेर केपीको धम्क्याउनेबित्तैकै त्यसैको हिसाब गरेको बताए। उनले ७० केन्द्रीय सदस्य लिएर आफूहरु १० दिनमै आधिकारिक नेकपा दावी गर्न निर्वाचन आयोग गएको बताए।

उनले ढाई सय वर्ष पुरानो सामन्ती सत्ता फाल्ने केपी ओली नभइ आफूहरुको टिम भएको बताए।उनले संवैधानिक निकायमा गएका व्यक्तिले खेलाची ठाने देश र जनताले दुःख पाउने बताए।

उनले आफूले अपमान नगरेको र आफूलाई अदालतप्रति भरोसा भएको बताए। उनले निर्वाचन आयोगलाई पनि काइते कुरा नगर्न र खुट्टा नकमाउन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्