लुटेरा समूहले गर्यो अन्धाधुन्ध आक्रमण गरि २३ गाउँलेको हत्या

काठमाडौं, माघ २८ । बन्दुक बोकेका लुटेरा समुहले २३ जना गाउँलेको हत्या गरेका छन् ।

अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपश्चिम कडुना प्रान्तको एउटा गाउँमा बन्दुक बोकेका लुटेरा समूहको आक्रमणमा परेर कम्तीमा २३ जना गाउँलेको मृत्यु भएको हो ।

सोमबार शंकास्पद लुटेरा समूहले गाउँलेमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए। यसैक्रममा उनीहरुले अकालमै ज्यान गुमाउनु परेको हो । आक्रमणकारीको खोजीका लागि नाइजेरिया सेनाले व्यापक सैन्य अभियान थालेको छ ।

घटनाको कडा शब्दमा निन्दा एवं भत्सर्ना गर्दै लुटेरा समूहका विरुद्ध सैन्य कारबाही तिब्र बनाउन सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्