ओलीले निर्वाचन आयोगलाई प्रभावमा पार्न खोजे , पशुपतिनाथले पनि माफ गर्दैनन् : नेता नेपाल

काठमाडौँ , माघ २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई प्रभावमा पर्न खोजेको बताएका छन् ।

प्रचण्ड-नेपाल पक्षले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले निर्वाचन आयोगलाई प्रभावमा पार्न खोजेको भन्दै सबै संबैधानिक आयोगका पदाधिकारीहरु प्रभावमा नपर्न आग्रह गरेका छन् ।

नेता नेपालले नेपाली जनताको चाहना अनुसार लोकतन्त्रको पक्षमा लडिरहेको र जनतालाई न्याय, सम्बृदी दिन खोजेको भन्दै आयोगका पदाधिकारीहरु सत्ताको प्रभावमा नपर्न आग्रह गरेका हुन् ।

उनले निर्वाचन आयोग र सर्वोच्च अदालतले देश र जनताको पक्षमा निर्णय दिने आशा व्यक्त गरे ।उनले जबसम्म प्रतिगमन परास्त हुदैन, लोकतन्त्रको जित हुदैन, जबसम्म प्रतिनिधि सभा पुनर्स्थापना हुदैन तब सम्म आन्दोलन जारी रहने बताए ।

नेता नेपालले प्रचण्डसँग आफ्नो फाटो ल्याउन ओलीले अनेक प्रयास गरेको बताउदै त्यो सफल नहुने बताए । आफुहरुको सहकार्य पार्टीलाई अगाडी बढाउन र युवाहरुलाई अगाडी ल्याउन भएको बताउदै पार्टी विधान अनुसार नै चलाउने प्रतिबद्धता व्यक्त गरे । साथै नेपालले प्रधानमन्त्री ओलीले संविधान च्यातेर पाप गरेकोमा पशुपति नाथले पनि माफी नगर्ने बताएका छन् ।

‘पाप गर्नेलाई अपराधीलाई सजाँय नदिलाउने ओलीलाई सारा जनता र पशुपतिनाथले धिक्कारी रहेका छन् नेपालले भने । नेपालले आफूहरुले आयोजना गरेको सभा धरहराबाट हेर्नुपर्ने भएको र सारा राज्यसंयन्त्र प्रयोग गरेर गरेको ओलीको सभा सानो भएको बताए ।

नेपालले निर्वाचन आयोगलाई कुनै अलमलमा नपरि छिटो आधिकारिकताको निर्णय गर्नृपर्ने समेत बताए । नेपालले भने ‘ हामीसंग ३ सय केन्द्रीय सदस्य छन् , ओलीसँग ! सय’ । नेपालले कोसँग बहुमत रहेछ, हामीसँग मार्चपास गराउन पुग्ने केन्द्रीय सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्