यो आन्दोलनको आवाज सुनिएन भने ०६२/६३ को भन्दा ठूलो आगो दन्किने छ : खनाल

काठमाडौं, माघ २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलले संविधान भत्काएको भन्दै ६२/६३ भन्दा ठूलो जनआन्दोलन हुने बताएका छन् ।

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधि सभा विघटनविरुद्ध सिंगो राष्ट्र आन्दोलित हुँदै गइरहेको बताए।

प्रतिनिधि सभा विघटनका विरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् । उनले आन्दोलनको आवाज अभफै नसुनिए २०६२र६३को भन्दा ठूलो आगो दन्कने चेतावनी दिए।

‘यो आन्दोलनको आवाज सुनिएन भने, २०६२/६३ को भन्दा ठूलो आगो दन्किने छ, जनआन्दोलनको आगो दन्किेछ छ’, उनले भने, ‘त्यो आगोले केपी ओलीको तानाशाहीलाई समाप्त पारिने छ।’

प्रतिगमनका विरुद्ध नेपाल जनताको जनलहर उभार उत्पन्न भएको बताउँदै उनले सिंगो देश आन्देलित भएको बताए।खनालले नारायणहिटीमा केही हजार मान्छे जम्मा गरेर ओलीले जनप्रदर्शन देखाउन खोजेको भन्दै व्यंग समेत गरे।

प्रचण्ड र नेपाललाई प्रधानमन्त्री बनाउन आफूहरु आन्दोलित नभएको उनले स्पष्ट गरे।आजको विशाल सभा नै जनवाद भएको भन्दै उनले अब समाजवाद स्थापित गर्ने समेत बताए।

प्रतिक्रिया दिनुहोस्