केपी ओलीले फाँसीवाद र निरङ्कुशता लागु गर्न खोजे : प्रवक्ता श्रेष्ठ
काठमाडौं , माघ २८ । प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली एक मिनेट पनि पदमा बस्ने कुनै आधार नभएको बताएका छन् ।
बुधवार प्रचण्ड–नेपाल समूहको नेकपाले आयोजना गरेको विरोध सभामा बोल्दै नेता श्रेष्ठले यस्तो बताएका हुन् ।
नेता श्रेष्ठले भने- केपी ओली अहिले संसदको सदस्य छैनन्, यो कामचलाउन सरकार हुनसक्थ्यो तर यो अवैधानिक सरकार हो, प्रधानमन्त्रीलाई एक मिनेट पनि पदमा बस्ने आधार छैन,’ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ‘अवैधानिक’ भएको जिकिर गरे ।
साथै उनले प्रधानमन्त्री ओलीले अवैधानिक ढंगले सरकारमा बसिरहेको र संवैधानिक नियुक्ति गरेको आरोप समेत लगाए ।उनले केपी ओलीले विकासको नारा दिएर, संविधानमा कालो मसीले छोपेर फाँसीवाद ल्याउन खोजेको आरोप लगाए ।
साथै उनले चुनाव नगर्ने उद्देश्यले केपी ओलीले चुनाव घोषणा गरेको समेत दाबी गरे । उनले केपी ओलीले फाँसीवाद र निरङ्कुशता लागु गर्न खोजेको आरोप लगाए ।उनले सबै लोकतन्त्रवादी चुनावको पक्षमा भए पनि संविधानलाई घात गर्ने, संविधानविरोधी चुनाव भने नचाहिएको बताए।
उनले आफूहरु सरकारको असंवैधानिक कदमविरुद्ध संयुक्त संघर्षको गर्ने प्रयास गरे पनि हुन नसकेको बताए। उनले संयुक्त संघर्ष नभए पनि कांग्रेस, जसपा, नेकपा सबैको साझा प्रहार सरकारमाथि प्रहार केन्द्रित गरेको बताए।
उनले ओली समूहले चुनावमा भाग लिनु ठूलो लोकतन्त्र भएको बताएको भन्दै उनले ओलीले नगर्ने चुनाव घोषणा गरेको बताए।















प्रतिक्रिया दिनुहोस्