ओली कागजी बादशाह हुन्, अब ढलिसके, घोषणा हुन मात्रै बाँकीः रामकुमारी झाँकी

काठमाडौँ , माघ २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँकीले प्रधानमन्त्री केपी शर्मा ओली कागजी बादशाह भएको बताएकी छन् ।

प्रचण्ड-नेपाल पक्षले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रतिगमनविरुद्ध वोल्न पाउने अधिकार संबिधानले सुनिश्चित गरेको बताउदै बोल्न पाउने अधिकारलाई खोस्न नसक्ने बताएकी छन् ।

झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कागजी बादशाह बनिरहेको पनि टिप्पणी गरेकी छन् । विरोध सभालाई सम्बोधन गर्दै उनले ठूलो त्यागबाट प्राप्त संविधान च्यातचुत फाल्ने प्रणालीविरुद्ध बोल्न नछोड्ने उनले बताईन् ।

‘संविधान च्याचचुत फाल्ने प्रणालीविरुद्ध बोल्छौँ । हामी बोल्न जन्मेका हौँ,’ उनले भनिन्, ‘खड्क प्रसाद ओली कागजी बादशाह हुन् । ढलिसके अन्तिम घोषणा गर्न बाँकी छ । जब बादशाहले आफ्नो कदलाई घटाउँदै जान्छन् । कागजका अग्लाअग्ला बुख्याँचाहरु बनाउँछन् केपी ओली त्यसै गर्दैछन् ।’

उनले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध बोलेको भन्दै आफूमाथि प्रश्न उठाइएको भन्दै त्यसको खण्डन पनि गरेकी छन् ।नागरिकको सार्वभौम अधिकार रक्षाका लागि बोल्नुपर्ने बताएका हुन् । सार्वजनिक पदमा बसेका व्यक्तिको गलत कामबारे बोल्न पाइने उनले बताइन् ।

नेतृ झाँकीले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीको हरेक कदममा समर्थन गर्दै आफ्नो भूमिका बिर्सेर तानाशाह बन्दै गरेका प्रधानमन्त्रीलाई सहयोग गरेको आरोप लगाएकी छन् ।

उनले आफुले राष्ट्रपति पदप्रति उच्च सम्मान रहेको बताउदै आफुले व्यक्तिको कामको विरोध गरेको र गरिरहने बताइन ।

नेतृ झाँकीले ओली प्रवृतिविरुद्ध आफ्नो लडाई भएको भन्दै आफ्ना नेताहरु प्रचण्ड र नेपाललाई ओली प्रवृतिको अन्त्य गर्ने घोषणा गर्न आग्रह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्