सनराइज बैंकको सीईओमा सुमन शर्मा नियुक्त

काठमाडौं, माघ २८ । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन् ।

बैंकका सीइओ जनक शर्मा पौड्यालले २७ गते राजीनामा दिएपछि सोही दिन बसेको सञ्चालक समितिको बैठकले बैंकर शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकिङ क्षेत्रमा ३ दशकल लामो अनुभन भएका शर्मा अनुभवी र कुशल बैंकरको रुपमा चिनिन्छन् । उनी यस अघि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।

लगानी बोर्ड र नेपाल इन्फ्रास्ट्र बैंकको सीईओमा पनि उनको नाम चर्चामा थियो । बैंकको दोस्रो बयितामा नायव प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणा रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्