ओलीको कदम नसच्चिए देश राजनीतिक संकटमा फस्छ: प्रचण्ड–नेपाल
काठमाडौँ, माघ २७ । प्रतिनिधि सभा विघटन र संसद् पुनःस्थापनाको माग गर्दै प्रचण्ड–नेपाल समूहको तेस्रो चरणको आन्दोलन जारी नै रहेको छ ।
यो समुहले भोली काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ । वैशाखमा चुनाव नहुने र ओलीले चुनाव गर्नका लागि संसद विघटन नगरेको समेत दाहाल-नेपाल समूहको दाबी छ ।
ओलीको असंवैधानिक कदम विरुद्ध दाहाल नेपाल समुह सकडमा आएको छ भने प्रधानमत्री ओलीले आज मात्रै निर्वाचनको तयारी तिव्र पार्न निर्देशन दिएका छन् ।
यसरी नेकपाका दुबै समुह आ आफ्नै रणनीतीमा जुटेका छन् । यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका दुवै अध्यक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक कदम’ नसच्चिए मुलुक गम्भिर राजनीतिक संकटमा फस्ने चेतावनी दिएका छन्।
मंगलबार विदेशी सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग कुरा गर्दै उनीहरुले यस्तो चेतावनी दिएका हुन् । अहिले भइरहेको आन्दोलनका बारेमा चर्चा गर्दै यो लडाइँ व्यक्तिगत नभइ संविधान र लोकतन्त्रको रक्षाका निम्ति भएको उनीहरुको भनाइ रहेको छ ।
आफूहरूको आन्दोलन पार्टीभित्रको आन्तरिक विवादमात्र नभएको बताउँदै उनीहरुले भने ‘यो लडाइँ पदको निम्ति होइन, न्यायको निम्ति हो।’संसद पुनर्स्थापना नै उत्तम विकल्प रहेको भन्दै संविधानको मर्म र भावनाअनुरूप संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले उचित निर्णय लिने उनीहरुले बताए ।
यो लडाइँ न्यायको लागि भएकाले यो विषयलाई आफूहरूले अन्तर्राष्ट्रिय समुदायलाई बुझाउन चाहिरहेको प्रचण्डले बताए।विभिन्न विदेशी शक्तिहरूको आ-आफ्नै हित र चासो भएको हुनसक्ने भएपनि संसद् विघटनपछि उब्जिएको वर्तमान परिस्थितिको निम्ति प्रधानमन्त्री ओली जिम्मेवार रहेको उनको तर्क थियो ।
अर्का अध्यक्ष नेपालले पनि ओलीलाई सत्ताको मात लागेको आरोप लगाउँदै तानाशाहको संज्ञा दिए। संसद विघटन संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र शान्ति प्रक्रियामाथिकै प्रहार भएको उनले बताए ।
आफूहरुले चीन, भारत, अमेरिका र युरोपेली युनियनलगायत लोकतन्त्र पक्षधरको समर्थन खोजेको समेत उनले बताए । राष्ट्रपतिको सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरी बैशाखमा नयाँ निर्वाचनको मिति तोकेसँगै दाहाल–नेपाल समूह सडक संघर्षमा उत्रिएको छ । यो समुहसँगै अन्यदल पनि आन्दोलनमा होमीएका छन् ।
प्रतिक्रिया दिनुहोस्