ग्लोबल आइएमई बैंकको नयाँ शाखा सिराहाको सुखीपुरमा

काठमाडौं , माघ २७ । ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहाको सुखीपुर नगरपालिका वडा नं। ८ मा नयाँ शाखा विस्तार गरि सञ्चालनमा ल्याएको छ ।

यो नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६९ पुगेको छ । यसरी अब यहाँ शाखा विस्तार भएपछि सेवाग्राहीलाई सेवा लीनमा सहज हुने भएको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७४ जिल्लामा २६९ शाखा, २४२ एटीएम, २४५ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्