निर्वाचन आयोगबाट निस्केका ओली सिधै पुगे राष्ट्रपति निवास

काठमाडौँ , माघ २७ । निर्वाचन आयोगमा आगामी निर्वाचनबारे जानकारी लिएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतल निवास पुगेका छन् ।

आयोगलाई निर्वाचन तयारी गर्न र सरकारको तर्फबाट सबै सहयोग हुने बताएका ओली त्यतैबाट राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीले राष्ट्रपतिलाई सोमबारको मन्त्रिपरिषदका निर्णयबारे जानकारी गराएका छन् । खास गरि निर्वाचनको विषयमा छलफल गर्न ओली शीतल निवास गएको बताइएको छ । आयोगमा छलफल गरेपछि प्रधानमन्त्री त्यहाँबाट सिधै शीतल निवास पुगेका हुन्।

आयोगमा जस्तै राष्ट्रपतिसँग पनि प्रधानमन्त्रीले लामो संवाद गरेका छन्। निर्वाचन आयोगमा पुगेर निर्वाचनको तयारीलाई तीव्र बनाउन आग्रह गरेका ओलीले राष्ट्रपतिसँग गरेको भेटलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ।

सोमबारको मन्त्रिपरिषदले आगामी बैशाख १७ गते ४० जिल्ला र २७ गते ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्