सनराइज बैंकका सीईओले दिए राजीनामा

काठमाडौं , माघ २७ । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पदबाट राजीनामा दिएका छन् ।

पौड्यालले मंगलबार सञ्चालक समितिका अध्यक्ष समक्ष राजीनामा बुझाएका छन् ।सीईओ शर्मा ४ वर्षका लागि नियुक्त भएका थिए ।

२ वर्ष कार्यकाल अझै बाँकी रहेका कारण उनले बाँकी समयको सेवा सुविधा समेत पाउने गरी राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्