‘भागरथीको घटना निर्मला पन्तको जस्तो नहोस् भन्दै गृहमन्त्रीलाई ज्ञापनपत्र ’

पार्वती पाठक , काठमाडौं, माघ २७ । नेपालमा नेपाली चेलीको बलात्कार भइरहेको छ तर राज्यले बलात्कारीलाई संरक्षण दिरहेको आभास यति बेला आम नागरिकले गरिरहेका छन् । यसरी बालिकाहरु खुलेआम बलात्कारको शिकार भइरहदा पनि राज्य भने मौन जस्तै छ ।

पछिल्लो समय निर्मला पन्तको बलात्कार पछि हत्या गरियो , यसको हत्यारामा पनि सरकार चुक्यो , कडा कारवाहीको माग गर्दै आवज उठे पनि अर्झै सम्म पत्ता लाग्न सकेको छैन् । फेरि यस्तै घटना सुदुरपश्चिमकै बैतडीमा भएको छ ।

१७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । भट्टको बलात्कारपछि हत्या भएको प्रहरीले निष्कर्ष निकालेको हो । स्कुलबाट घर फर्किरहेकी भट्टको बलात्कारपछि हत्या भएको हो । यो विषयले अहिले नेपाली चेली तथा आमाहरुमा चिन्ता छाएको छ । यस विषयको अनुसन्धान भइरहेको छ तर अहिले सम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।

बलात्कारपछिको हत्यामा संलग्नको अझै पहिचान हुन सकेको छैन । यता प्रहरीले सबै संयन्त्र प्रयोग गरिरहे पनि हत्यारासम्म पुग्ने भरपर्दो सुराक नभेट्दा कतै निर्मलाको जस्तै त हुने हैन भन्दै आशंका पनि पैदा हुन थालेको छ । प्रहरी अनुसन्धान लम्बिँदै जाँदा स्थानीय भने अपराधी उम्कन सक्ने भन्दै चिन्तित बनेका छन् । प्रहरीले हत्याको अनुसन्धानमा सोमबारसम्म दुई दर्जन व्यक्तिलाई सोधपुछ गर्दै अनुसन्धानको दायरामा राखेको छ ।

प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा चिनजानका, आफन्त र स्कुलका साथीभाइ, उनीसँग फोन सम्पर्कमा केही दिनयता रहेका व्यक्ति, घटना हुँदा घटनास्थल हुँदै हिँडेका व्यक्ति, सवारी साधन र त्यस नजिक सम्पर्क भएका फोनलाई समेत अनुसन्धानको दायरामा ल्याइएको जनाएको छ ।

ज्ञापनपत्र

भागरथीको घटना निर्मला पन्तको जस्तो नहोस् भन्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार नेपाल विद्यार्थी संघले गृहमन्त्री रामबहादुर थापाले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै थापाले बैतडीकी किशोरी भागरथी भट्टको हत्याको अनुसन्धानमा छिट्टै सफलता मिल्ने बताएका छन्। उनले निर्मला पन्तको जस्तो जटिल नभएका कारण अनुसन्धानमा सफलता मिल्ने बताए ।

अनुसन्धान अपराधीको नजिक पुगेको भन्दै उनले घटनास्थमै केन्द्रित भएर अनुसन्धान अगाडि बढाइएको समेत जानकारी दिए ।नेविसंघले गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाउँदै अपराधीहरुलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न माग गरेको छ ।

मन्त्री थापाले अपराधी पत्ता लगाउन युवा, विद्यार्थी, नागरिक समाजलगायत सबैको सकारात्मक सहयोगको सरकारले अपेक्षा गरेको भन्दै अपराधीलाई कारबाही गरेरै छाड्ने प्रतिवद्धता जनाएका छन् ।

नेविसंघले अपराधीलाई तत्काल पक्राउ गरेर कारबाही नगरे कडा संघर्षकमा उत्रने चेतावनी दिएको छ भने जिल्लाका विभिन्न राजनीतिक दलका नेताहरूले हत्यामा संलग्नको पहिचान छिटो गर्न दबाब दिइरहेका छन् ।

विभिन्न ठाउँमा प्रदर्शन पनि भइरहको छ । राजनीतिक दल, उसका भ्रातृ संगठन र नागरिक समाजले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या भएको घटनाको गम्भीर ढंगले अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

आश्वासन त दिन्छन तर पक्राउ पर्दैनन् अपराधी

जब कुनै पनि घटना हुन्छन् तब जनताबाट न्यायको माग गर्दै आवाज उठ्न थाल्छ तब राज्यले हामी न्याय दिन्छौ त भन्छ तर त्यो केवल भनाइमा मात्र यथावथ रहन्छ । यसैले पनि होला पछिल्लो समय राज्यमा जनताको त्यति विश्वास छैन । यो राज्यले हामीलाई न्याय दिदैन भन्ने शंका जनतामा उत्पन्न भइसकेको छ । हुन पनि कसरी न्याय दिन्छ भनेर भन्नु सरकार नै अपराधको संरक्षमा लाग्छ । निर्मला पन्तको अपराधि त सार्वजनिक भएन , के अब भागरथी भट्टको हत्याको अपराधीहरुलाई पक्राउ गरेर जनतासामु ल्याउला त ? के भागरथी भट्टले न्याय पाउलीन त ? के त्यो परिवार र समाजले न्यान पाउलान त्यो त समयले बताउला !  न्यायको पर्खाइमा र हत्याराको पर्खाइमा यति बेला सिंगो नेपाल र त्यो परिवार अनि समाज रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्