सरकारले दियो माघ ३० गते सार्वजनिक बिदा

काठमाडौं , माघ २७ । सरकारले माघ ३० गते सार्वजनिक बिदा दिने भएको छ । सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको हो ।

सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने गर्दछन् ।

यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्ति लगायतका चाड पर्वको बिदा कटौती गरेको थियो ।

तर सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारको अवसरमा बिदा दिने निर्णय गरेको हो ।यस वर्षको सोनाम ल्होछार माघ ३० गते परेको छ ।

प्रतिक्रिया दिनुहोस्