निर्वाचन आयोगमा पुगे ओली , के विषयमा भयो छलफल ?

काठमाडौं , माघ २७ । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग पुगेका छन् । प्रधानमन्त्री ओली बिहान ११ः५० बजे निर्वाचन आयोग पुगेका हुन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद र आउदो बैशाख १७ र २७ गतेका लागि घोषणा गरिएको निर्वाचनको तयारीका विषयमा छलफल गर्न प्रधानमन्त्री ओली आयोग पुगेका हुन् ।
त्यहाँ पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरेका छन् ।

आयोग पुगेर प्रधानमन्त्री ओलीले तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नेगरी काम गर्न आयोगलाई निर्देशन दिएका छन् ।सरकारले आउदो बैशाख १७ र २७ गतेका लागि घोषणा गरिएको निर्वाचन समयमै गर्ने गरि लाग्न आयोगलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीको निर्देशन पछि प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले तोकिएको समयमै निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताएका थिए ।नेकपाका दुवै पक्षले आफु आधिकारिक भएको दाबी गरिरहदा निर्वाचन आयोगले कस्तो निर्णय गर्छ भन्ने सबैको चासो रहेको छ ।

यता आयोगले यसअघि माघ १६ गते नेकपाका दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।सो छलफलमा नेकपाको ओली पक्षका दोस्रो तहका नेताहरु पुगेर छलफल गरेपनि प्रचण्ड-नेपाल पक्ष भने सो दिन छलफलमा भाग लिएनन् ।तर त्यसको केहि दिनपछि प्रचण्ड-नेपाल पक्षले आयोगमा आफ्नो पक्षको आधिकारिकता दाबी गरिसकेका छन् ।

नेकपाका दुवै पक्षले आफु आधिकारिक भएको दाबी गरिरहदा निर्वाचन आयोगले कस्तो निर्णय गर्छ भन्ने सबैको चासो रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्