रौतहट जिल्लामा अजोड इन्स्योरेन्स लि.को घुम्ती बीमा सेवा कार्यक्रम संचालन
काठमाडौं, माघ २७ । अजोड इन्स्योरेन्स लि.ले रौतहट जिल्लामा घुम्ती बीमा सेवा कार्यक्रम संचालन गरेको छ । यमुनामाई गाउँपालिका वडा नं. ४ को वडा कार्यालय स्थित कार्यक्रम संचालन गरेको हो ।
यमुनामाई गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष सर्फलाल यादव, प्रशासकीय अधिकृत रामश्रेष्ठ राय यादवको प्रमुख आतिथ्यता तथा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापोको अध्यक्षतामा घुम्ती बीमा सेवा कार्यक्रम संचालन भएको हो । कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको बताएको छ ।
बीमाको पहुँच तथा जनचेतना विकास गर्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको हो । संचालित उक्त कार्यक्रममा स्थानीय स्तरवाट व्यापक जनसहभागीता हुनुका साथै कृषि तथा पशुपन्छी बीमालेखहरु जारी गरीएको छ ।
प्रतिक्रिया दिनुहोस्