प्रचण्ड -नेपाल समुहको भोली काठमाडौंमा शक्ति प्रदर्शन, थप निर्णय लिन बैठक बस्दै
काठमाडौं , माघ २७ । निरन्तर आन्दोलन गरिरहेको दाहाल-नेपाल समूहले भोलि काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ । यसका लागि थप निर्णय लिन पेरिस डाँडामा बैठक बस्दैछ ।
बैठकमा प्रदर्शनको तयारी लगायतका विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठका सहयोगी सुरेशकाजी श्रेष्ठले बताए । भोलिको सभाको तयारी र वक्ताबारे पनि निर्णय गर्न सचिवालय बैठक बस्न लागेको हो । प्रदर्शनीमार्गमा हुने प्रदर्शनका लागि विभिन्न नेतालाई जिम्मेवारी दिइएको छ।
यसअघि माघ ८ गतेको सभामा वक्ताको विषयलाई लिएर विवाद भएको थियो । प्रतिनिधि सभा विघटन र संसद् पुनःस्थापनाको माग गर्दै प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको कार्यक्रमको आन्दोलन गरिरहको छ । भोलिको सभालाई प्रचण्ड–नेपाल समूहले शक्ति प्रदर्शनको रूपमा लिएको छ ।















प्रतिक्रिया दिनुहोस्