वैशाख १७ मा ४० र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने सरकारको तयारी

काठमाडौं , माघ २७ । सरकार अब निर्वाचनमा जुटि सकेको छ । योसँगै सरकारले आगामी वैशाख १७ गते देशका ४० र २७ गते बाँकी ३७ जिल्लामा आमनिर्वाचन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको हिजो बसेको बैठकले वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ४० जिल्ला तथा वैशाख २७ गते कर्णाली, बागमती र प्रदेश १ का ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

केपी शर्मा ओली नेतृत्वको सरकारले गत पुस ५ गते प्रतिनिधिसभाको विघटन गर्दै नयाँ निर्वाचनमा जाने निर्णय गरेको थियो । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

यता नेकपाकै दाहाल नेपाल समुहले आन्दोनल गरिरहेको छ । संसद पुनस्र्थापना गर्न माग गर्दै आन्दोलन गरिरहेको छ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस पनि सडकमै आएको छ ।

प्रतिक्रिया दिनुहोस्