प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाँदै

काठमाडौं , माघ २७ । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाने भएका छन् ।

नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न आयोगले यही माघ १६ गते नेकपाका दुवै पक्षलाई बोलाएको थियो ।

प्रचण्ड(माधव नेपाल पक्षले आयोगको कार्यालय पुगेर आधिकारिकता दाबी गरिसकेको छ । तर, ओली गएका थिएनन् । उनी आज बिहान ११ बजे आयोगको कार्यालय जाने उनको सचिवालय स्रोतले जनाएको छ ।

नेकपाका दुवै खेमाका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आएका छन् । तर, आयोगले दुवै पक्षको दाबी नपुगेको बताउँदै आएको छ ।

गत पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेयता सत्तारुढ नेकपा दुई समूहमा विभाजन भएको छ।

प्रतिक्रिया दिनुहोस्