नेपाल एयरलाइन्सले आन्तरिक उडानका लागि नयाँ तालिका

काठमाडौं, २६ माघ। नेपाल एयरलाइन्सले आन्तरिक उडानका लागि नयाँ तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय ध्वजाबाहक कम्पनी निगमका अनुसार आन्तरिकतर्फ फेब्रुअरी महिनाका लागि हुने उडान तालिका तय भएको हो । यसअनुसार कम्पनीले काठमाडौं र नेपालगन्जलाई आधार विमानस्थल मानि विभिन्न आन्तरिक गन्तब्यमा उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सले अहिले दुर्गम भेगका विमानस्थलमा मात्र उडान गरिरहेको छ ।

कम्पनीसँग ट्विनअटर दुई वटा विमानमात्र आन्तरिक उडानमा उडानयोग्य अवस्थामा छन् । सोहीकारण सुगमका विमानस्थलमा निजी कम्पनीको मात्र उडान रहेको छ । तालिका अनुसार काठमाडौंबाट भोजपुर सातामा पाँच दिन ९आइत, सोम, मंगल, बिही र शुक्रबार० उडान भर्ने भएको छ ।

काठमाडौंबाट दाङका लागि समेत पाँच ९सोम, बुध, बिही, शुक्र र शनिबार० उडान हुने छ । काठमाडौं(ताप्लेजुङ रुटमा भने साताको तीन (मंगलर, बुध र शनिबार० उडान उडान हुनेछ । काठमाडौं(खानिडाँडा रुटमा बुध र शनिबार जहाज उड्ने भएको छ ।

काठमाडौं(रुकुम आइतबार र बिहीबार, काठमाडौं(थामखर्कमा बुधबार र बिहीबार, काठमाडौं(फाप्लु आइतबार जहाज उड्ने गरी तालिका बनाइएको छ । ती गन्तब्यबाट सोही दिन जहाज यात्रु लिएर काठमाडौं फिर्ता हुनेछ ।

उता, नेपालगन्जबाट रुकुमका लागि सोमबार र बिहीबार, डोल्पा, जुम्ला, साँफेबगरमा आइतबार उडान हुनेछ । नेपालगन्जबाट सिमकोट र ताल्चामा सोमबार तथा बाजुराका लागि बिहीबार उडान राखिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्